नियम ७
अनुमतिपत्रको लागि निवेदन दिनु पर्ने
(१) ऐनको दफा २३ को उपदफा (१) बमोजिम दूरसंचार सेवा सञ्चालन गर्न चाहने नियम ८ बमोजिमको पूँजी, प्राविधिक निपुणता तथा पेशा सम्बन्धी दक्षता भएका व्यक्तिले ऐनको दफा २२ को उपदफा (१) बमोजिम प्राधिकरणले प्रकाशन गरेको सार्वजनिक सूचनामा उल्लिखित म्याद भित्र आफूले सञ्चालन गर्न चाहेको दूरसंचार सेवा सम्बन्धी आर्थिक तथा प्राविधिक अध्ययन प्रतिवेदन र कार्य सञ्चालन योजना संलग्न गरी सो सूचनामा उल्लिखित कुराहरू समेत खुलाई अनुसूची-१ बमोजिमको ढाँचामा प्राधिकरण समक्ष निवेदन दिनु पर्नेछ ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि ऐनको दफा २३ को उपदफा (२) बमोजिम नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिएको दूरसंचार सेवा सञ्चालन गर्ने अनुमतिपत्र लिनको लागि अनुसूची-१ बमोजिमको ढाँचामा जुनसुकै बखत प्राधिकरण समक्ष निवेदन दिन सकिनेछ ।
(३) ऐनको दफा २३ को उपदफा (३) बमोजिम ऐन प्रारम्भ हुनु अगावै नेपाल सरकारबाट अनुमतिपत्र लिई दूरसंचार सेवा सञ्चालन गरिरहेका व्यक्तिले अनुमतिपत्र लिनको लागि ऐन प्रारम्भ भएको मितिले छ महिना भित्र अनुसूची (२) बमोजिको ढाँचामा प्राधिकरण समक्ष निवेदन दिनु पर्नेछ ।